हल्दिवारीका व्यक्तिमा कोरोना सङ्क्रमण नभएको पुष्टि

झापा / हल्दिबारीका एक व्यक्तिमा थ्रोट स्वाव परीक्षण गर्दा नेगेटिभ नतिजा आएको छ ।

बुधवार एकैदिन हल्दिबारीका ६१ जनाको किटको माध्यमबाट र्या्पिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएकामध्ये ३९ वर्षका व्यक्तिमा एन्टीबडी पोजेटिभ देखिएको थियो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार उनको थ्रोट स्वाव परीक्षण लागि विराटनगर प्रयोगशाला पीसीआर पठाइएको थियो । प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना नभएको पुष्टि भएको चौलागाईले जानकारी दिए ।

२१ जना व्यक्तिमा थ्रोट स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । उनी चैत ५ गते दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था सुरुदेखि नै सामान्य थियो । उनी विदेशबाट आएदेखि नै होम क्वारेन्टाइनमा थिए ।