विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी बुहारीलाई नागरिकता दिने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय भएको बताए । उनले विदेशी बुहारीले नेपालमा ७ बर्ष बसेको र आफनो देशको नागरिकता त्याग गरेको प्रमाणपत्र पेश गरेपछि नेपालको नागरिकता प्राप्त गर्न सकिने बताए।