सेभियासँग बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले सेभियासँग अंक बाढेको छ । सेभियाको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलिसँग एक एक अंक बाँढेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि शिर्ष स्थानको बार्सिलोनाले सेभियासँग अंक बाँढ्न बाध्य भएको हो । खेलको पूरै समय बार्सिलोनाले पकड जमाए पनि गोल गर्न भने सकेन ।
बार्सिलोनाको यस नतिजाले दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई भने फाइदा पुगेको छ । उपाधि दाबेदारमा रहेकोे रियललाई यस नतिजाले झनै बलियो दाबेदारको रुपमा अगाडि ल्याएको छ ।
यस बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलबाट ६५ अंक जोड्दै दोस्रो स्थानको रियलभन्दा तीन अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलको ६२ अंक रहेको छ । यता सेभिया ३० खेलमा ५२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा मालोर्का र लेगानेसले बराबरी खेलेका छन् । मालोर्काको घरेलु मैदानमा भएको खेलमा दुबै टोलिले १(१ को बराबरी खेले ।
घरेलु मैदानमा मालोर्काले खेलको नवौं मिनेटमा अग्रता लिए पनि दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ८७ औं मिनेटमा लेगानेसले गोल फर्काउदै खेल १(१ को बराबरीमा रोकिएको थियो ।
त्यस्तै अर्को खेलमा ग्रान्डा भिल्लारियलसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा ग्रान्डा भिल्लरियलसँग १(० ले पराजित भएको हो । भिलारियलको जितमा मोरेनोले खेलको ११औं मिनेटमा गोल गरेका थिए