बदलिँउ आफू, समाज स्वत बदलिन्छ ।

हामी हाम्रो सामान्य दैनिकीमा देख्न सक्छौ कि हरेक मान्छे आफू असल देख्छ अनि आफू बाहेक सबै मान्छे ऊ गलत देख्छ। यहाँ सोचनिय त यो छ कि उस्ले खराब देख्ने त्यो मान्छेले फेरि आफू सहि र अर्को खराब देख्छ। उदाहरणको लागि हामी टाढा जानै पर्दैन। लकडाउनको यो बेला साझ दुई जना बाहिर हिडिरहेथे अनि ती दुइले उता बाट आएको एक जना लाई हेर्दै भन्दै थिए,”हेर त नटेरेर लखर लखर हिडिराछ त्यो।” अनि उता बाट आएको ले भन्दै थियो,”हेर न बाहिर नहिडनु भनेको छ सरकारले यी मुन्छे कुम जोडेर हिड्याछन।” तात्पर्य यो हो कि खराब ती दुबै पक्ष हुन तर स्विकार गर्न सक्दैन। अनि यिनै मानिसहरु सामाजिक दुत बनेर ठूल्ठूला भाषण दिन्छन। यहाँ अब यस्ता कुरा पाच्य हुन सक्दैन किनकी म जसरी बुझ्छु सबैले त्यसरी नै बुझेका छन किनकी अहिलेको जमाना लाटो छैन। कसैका लेपन लगाएर बोलेका कुराले अब परिवर्तन हुदैन जब सम्म उ आफै परिवर्तित हुदैन।
खराब के? सहि के? यस्को फरक दूध पिउदै गरेको बच्चा ले पनि अचेल छुट्ट्याउन सक्छ, ब्याबहारिक शिक्षा, बढदो टेक्नोलोजी अनि छिटो सिक्ने क्षमताले अहिलेका मानिस आफैमा चतुर छन, कमि छ त केबल यथार्थ स्वीकार गर्न मान्दैनन्। अहंकारले जरो गाडेको सोच र केही सामाजिक कु तत्वहरुको झुण्डले यिनीहरुलाई बरफ जस्तो जम्न सिकाएर फूल जस्तो फूल्न दिएको छैन। हामी यो सोच्दैनौ नि गलतले क्षणिक लाभ अबश्य हुन्छ तर गलतले भबिश्यमा गलत नतिजा दिन्छ र जस्को मूल्य चुकाउनु पर्दा थाह हुनेछ “आखिर म किन त्यति बेला सच्चिन सकिन।”
कतिपय कुराहरु मा हामी बुझेर जानेर पनि पछि हटने गर्छौ ताकी म आफुलाइ असर नपरोस तर हामिले लिएको यो स्वार्थले हामिलाइ नैतिक पतन र मानसिक तनाब तिर धकेल्ने गर्छ। तपाईं हामी अहिले सहजै महसुस गर्न सक्छौ विश्व मा हरदिन सयौ मान्छेहरु आत्महत्या जस्तो आफू माथी नै अन्याय हुने काम गरिरहेका छन किनकी उनिहरु न साचो स्वीकार गर्न सके न आफुलाइ परिवर्तन गर्न सके बरु उल्टै ढाकछोपको बाटो हिड्दै जादा मानसिक रोग को सिकार भए, जस्ले गर्दा बाच्नु भन्दा मर्नु बेश ठाने। समाज परिवर्तन भन्नाले मात्र सामाजमा बिजुलि पानी बत्ती बाटो पुग्नु पक्कै पनि होइन। समाज परिवर्तन भनेको हर एक ब्याक्तिमा सकारात्मक सोच आइ परिवर्तन हुनु हो। त्यसैले यस्को सुरुवात पनि एक बाटै सुरु हुने यथार्थ नकार्न मिल्दैन।
अहिले को यो जमाना मा तपाईं खुब जान्ने छु भन्नुहुन्छ र हो तपाईं जान्ने बुझ्ने नि हुनुहुन्छ तर तपाईं त्यहाँ पुगेर फेल खानु हुन्छ केही धेरै लाइक र कमेन्ट कै लागि आफ्नो हैसियत भुलेर तपाईं फेसबुक देखि हरेक सामाजिक सन्जालमा आफू गिर्ने गरि कुरा लेख्नुहुन्छ। तात्पर्य के भने तपाईं त्यहाँ कुनै सहि कुरा लेख्न सक्नु हुन्छ तर लेख्नु हुन्न किनकी तपाईं आफू परिवर्तन हुन सक्नुभएन। मिठा र सहि कुरा लेख्नुस मानिस गाली नै गरून् तर बिश्वास गर्नुस तपाईं को आत्म यति आनन्दित हुनेछ कि आफैमा गर्ब लाग्नेछ। तपाईं हामी अरु लाई भाषण दिन छोडौ आफै बाट परिवर्तन को सुरुवात गरौ अनि तपाईं म उ र त्यो हुँदै एक दिन पुरै समाज परिवर्तन हुनेछ।