११ राष्ट्रवादी संगठन एक ठाउँमा, पूर्वबाट एमसीसी खारेजको माग

झापा । राष्ट्रवादी यूवा समाज झापाले एमसीसी खारेजीको मागसहित विरोध कार्यक्रम गरेको छ । सोमबार झापाको मेचीनगरस्थित काँकरभिट्टा बसपार्कमा सयौँको संख्यामा उपस्थिति रहेका थिए ।
एमसीसी खारेज गर, एमसीसी चाहिँदैन, राष्ट्र बेच्न पाइँदैन, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ, राजा ल्याऔँ देश बचाऔँ लेखिएका प्लेकार्ड सहित उपस्थित समर्थकहरुले करिब २ घण्टा विभिन्न विरोध कार्यक्रम गरेका थिए ।
विरोध कार्यक्रममा समाजका झापा संयोजक रामजी कास्यप ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो भने समाजका जिल्ला सदस्य योगेन्द्र खनाल,  गिरीराज पौडेल,गिरिराज मणि पौडेल ,टेकनाथ खनाल , लिप्सन बाँस्तोला,बद्री महत, लक्षमण कु.लिम्बु , राजन प्रसाईं, विजय थापा, उमेश पाठक, नवराज ढकाल, बाबुराम तामाङको सभापतित्वमा भएको कोणसभाको सञ्चालन समाजका जिल्ला सदस्य नेत्र कार्कीले गरेका थिए ।
विभिन्न राष्ट्रवादी संगठनमा रहेका शक्तिलाई एकीकृत गर्दै एउटै यूवा समाजमा संगठीत गरेर निरन्तर रुपमा खबरदारी कार्यक्रम मेचीदेखि महाकालीसम्म सचेतनासहितको दबाबमुलक विरोध कार्यक्रम रहेको सदस्य नेत्र कार्कीले बताए ।