मेचीनगरमा ३ सहित झापामा थप १३ जनामा कोरोना संक्रमण

मेचीनगर । मेचीनगरमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । कुवेतबाट नेपाल आएका दुईसहित ३ जना महिलामा कोरोना संक्रमण फेला परेको हो ।
कुवेतबाट आएकी मेचीनगर– ५ की ४० वर्षीया, मेचीनगर–१ की ३६ वर्षीया र आसामबाट आएकी मेचीनगर–७ की ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
आज थप ३ जनामा कोरोनाको संक्रमण पुष्टिभएसंगै मेचीनगरमा मात्र संक्रमितको संख्या ८ पुगको छ । मेचीनगर वडा नं १० को अतिथि सदन भवनको क्वारेन्टाइनमा रहेका उनीहरुलाई उपचारका लागि अस्पताल लाने तयारी भइरहेको क्वारेन्टाइन ब्यवस्थापन समिति मेचीनगर संयोजक नबिन बरालले बताए ।
आजनै झापाको बुद्धशान्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जना, हल्दिबारी गाउँपालिकाको क्वारेन्टाइनमा २ जना र बिर्तामोड नगरपालिकाको क्वारेन्टाइनमा २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको चौलागाईंले जानकारी दिए ।
आज थप १३ जनामा संक्रमण पुष्टि भएसंगै झापा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ ।
देशभर एकैदिन ५३८ संक्रमित थपिए
नोभेल कोरोना भाइरसका ५३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएका हुन् ।
हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१ र सोमबार ५३५ कोरोना संक्रमित थपिएका थिए ।
देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार २२४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ७६ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ६८ पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
देशभर हालसम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ८५ हजार ८१३ मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ८५१ कोरोना संक्रमितहरु रहेका छन् ।