१८ पुगे मेचीनगरमा कोरोना संक्रमित, आजै थपिए १० जना

 

धुलाबारी । मेचीनगरमा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणको रिपोर्ट अनुसार आज थपिएका संक्रमितहरु मेचीनगर वडा नं. १० र ११ का रहेका छन् ।
प्रतिष्ठानमा हिजो राती गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार संक्रमित हुनेमा मेचीनगर वडा नं. १० स्थीत राधास्वामीको क्वारेन्टाईनका ८ जना पुरुष र मेचीनगर वडा नं. ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाईनका दुई जना पुरुष रहेका छन ।
संक्रमितहरु ७ बर्षका बालकदेखि ६२ बर्ष उमेर समुहका रहेको समेत धरान स्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जारी गरेको पिसिआर परिक्षण रिपोर्टमा उल्लेख छ । प्रतिष्ठानको रिपोर्ट अनुसार धुलाबारी स्थीत राधास्वामी भवनको क्वारेन्टाईनका ६२, ४५, ४६, १८ र २५ बर्षका पुरुष छन भने तीन जना पुरुषको उमेर खुलाइएको छैन । त्यस्तै मेचीनगर ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाइनका ७ बर्षका वालक र २५ बर्षका पुरुष रहेको समेत प्रतिष्ठानले जनाएको छ । आज थपिएका १० जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।