नेकपा बैठकका एजेण्डाः सीमा विवाददेखि एमसीसीसम्म

काठमाडौं । प्रधानमन्त्री निवास बालुटारमा आज बस्ने नेकमा (नेकपा)को स्थायी समिति बैठकका लागि एजेण्डा तय भएका छन् । बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र स्थायी समिति बैठकका सम्बन्धमा मनतव्य राख्नेछन् ।

अध्यक्षद्वय ओली र प्रचण्डले मंगलबार छलफल पछि सरकार र पार्टीका सम्बन्धमा एजेण्डा तय गरेका छन् । सरकारका सम्बन्धमा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, सीमाका समस्या र समाधानको विषय पनि एजेण्डामा छन् । यसैगरी पार्टीका सम्बन्धमा एकता बाँकी काम र एमसीसी बैठकका एजेण्डा तय भएका छन् ।