बलात्कार ! कहिले सम्म ?

अहिले सारा विश्व कोरोनासँग लडिरहेको छ। बिगत ६ महिनादेखिको यो महामारीको अन्त्य कहिले हुने हो जवाफ कसैसंँग छैन । यो महामारीबाट नेपाल पनि अछुतो रहेन। नियमित परीक्षण, लकडाउन, क्वारेन्टाइन सबै स्थिति सामान्य भन्दा जटिल छ । दुनियाँ यसरी अर्को पाटोमा गएर कसरी मान्छे बचाउने भन्ने कुरामा एकोहोरिएको बेला केहि समयदेखि यस्ता समाचारहरु शीर्षकमा आइरहेका छन्, ‘क्वारेन्टाइनमा रहेकी चेलीलाई सामुहिक बलात्कार झट्ट सुन्दा र पढ्दा पनि जो कसैको रगत उम्लने यस्तो खबरले मलाइ पनि बिक्षिप्त तुल्यायो। शारीरिक सम्बन्ध एउटा प्राकृतिक कुरा हो । जस्लाइ नकार्न वा इग्नोर गर्न सकिन्न, प्रकृतिपद्दत हो तर अहिले जस्तो प्रकृतिका घटनाहरु देखिएका छन् ती स्तब्ध पार्ने किसिमका छन् ।शारीरिक सम्पर्क एउटा आवश्यकता भएकै कारण एउटा बाबुले छोरीलाई एउटा सुरक्षाकर्मीले सर्वसाधारण महिलालाइ, एउटा शिक्षकले बिद्यार्थीलाई यहाँसम्म कि बयस्कले नाबालिकालाई बलात्कार गर्नु कहाँसम्मको मानवता हो ? हामी बुझ्ने भएर आफुलाइ मानव भन्छौ अनि नबुझ्नेहरु लाई जनावर भन्छौ तर जनावरले पनि आबश्यकता र सहि ठाउँ अनि सहि समयमा यो प्राकृतिक आबश्यकता पूरा गर्छन तर मानव ! अहिले ठूलो प्रश्न चिन्ह खडा भएको छ ।

यहाँ यसरी भनिरहदा पूरा मानव जातिमा मानवीयता मरेको भन्ने अर्थ त हैन तर हर बस्ती हर गाउँ अनि पुरै देशमा बलात्कार एउटा महामारी भन्दा ठूलो समस्या बनेको पक्कै हो । यस्का केही कारणहरु यसरी औल्याउँन सकिन्छ । पहिलो हामी आफै पनि हाम्रा सन्तानहरु लाई खुलेर यौन शिक्षा दिदैनौ जस्ले गर्दा उनिहरु अनभिज्ञ हुन्छन र स(साना कुराहरुको लोभ लालचमा मै कुत्सित मन भएकाहरुको चङ्गुलमा पुग्छन । दोस्रो ,हाम्रा छोरी चेली बलात्कारको शिकार हुँँदा हामी अभिभावक नै ढाकछोप गर्न खोज्छौ खोक्रो इज्जतको लागी अनि तेस्रो बलात्कार जस्तो अपराध गर्नेहरु धेरै त कानुन को दायरामा नै आउँदैनन् आए भने पनि नेपालको फितलो कानुन नातावादको फाइदा उठाएर सजाय भोग्नु नै पर्दैन । यी यावत कारणले त्यस्ता नरपिचासहरु बलात्कार गर्न झन उस्किने गर्छन् ।समाधान के त ? प्रश्न सामान्य छ तर अहिले समाधानका हरेक उपाय अबलम्बन गर्नु पर्ने खाचो अति आबस्यक छ । आफ्नै बाबूसंग छोरी सुरक्षीत महसुस गर्न नसक्नु यो हार मात्र हैन यो मानवता हराएर पापि भरिएको प्रस्ट सङ्केत हो। हर एक मिनेट आफ्नो अस्मिता जोगाउन तर्सिनु पर्ने नारीको पीडा पक्कै पनि मृत्यु भन्दा भयावह छ । यसलाइ मनन गरेर पहिलो त राष्ट्रले कडा भन्दा कडा सजायको व्यवस्था गर्नु जरुरी छ । दोस्रो कुरा हरेक अभिभावक साथी बनेर यौन, शारीरिक सम्बन्ध अनि यस्को आबस्यकता र यस्को परिपूर्ति बारे खुलेर आफ्ना बालबच्चालाई सिकाउनु पर्छ । तेस्रो बलात्कार जस्तो अपराध निरुत्साहित गर्न रास्ट्रीय तवरमा जागरण अभियान चलाउनु पर्दछ । यी यावत कुराहरु तपाईं हामी आफै बाट पहल गर्दै बिस्तार गरिनु अति जरुरी छ । अनि मात्र एउटा सभ्य राष्ट्र सभ्य समाजको परिकल्पना गर्न सकिन्छ ।चेतना भया !