प्रदेश १ मा २७ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार २७ जनामा कोरोना देखिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १७, झापामा २, उदयपुरमा ६ र सुनसरी र इलाम एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर परीक्षण गर्दा उनीहरूमा रिर्पोट पोजेटिभ देखिएको हो । आइतबार पोजेटिभ रिर्पोट आउनेहरूमा ६ जना महिला छन् । प्रदेश १ मा हालसम्म जम्मा २२ हजार ९७८ जनामा पीसीआर परीक्षण गरिएकोमा ५६० जनामा संक्रमण पुष्टि भएको छ ।