कोभिड १९ पछिको यात्रा

गत चैत ११ गते बाट कोभिड १९ डिजिजको कारण घर बन्दाबन्दीमा छौं । सरकारले आह्वान गरेको बन्दाबन्दीको पालना सबैले गरेकै छौं । अति आवश्यक नपरेसम्म घरबाट निश्कने कुरै भएन । मानव जातिलाई चुनौती दिइरहेको यो भाइरसले केवल नेपाललाई मात्र हैन विश्वलाई संकटमा धकलेको छ । विश्वका मै हँु भन्ने राष्ट्रहरु यसको कारण थला पर्दै गएका छन् । चाहे त्यो अमेरिका होस्, चीन होस्, बेलायत नै किन नहोस् । हजाराँै, लाखौं, करोडौंको संख्यामा उड्ने, गुड्न सवारी साधनहरु थन्किएर बस्न बाध्य भएका छन् । खरबौंको आर्थिक क्रियाकलापहरु शुन्य भएको छ, यता उता भ्रमण गरिरहने भ्रमणकर्ताहरु पनि घरमै बस्न बाध्य भएका छन् । मानिसको मनोरञ्जन तथा सुविधाकाको निम्ति खुलेका तारे होटलहरु, पार्कहरु, सपिङ कम्प्लेक्स, सिटि मल, सिनेमा हलहरु सबै बन्दाबन्दीमा छन् अझै कति समय बन्दमा बस्नु पर्ने हो कसैलाई थाहा छैन ।
मानव इतिहासमै अत्यन्तै संकटको घटनाको रुपमा यो महामारी दर्ज हुने नै छ । यो महामारीको कारण अरबौं मानिसहरुले भोग्नु परेको समस्या तथा समयको क्षतिपुर्ती त कसैले दिन सक्दैन नै त्यस्तै अब आगामी दिनहरुलाई पनि कति असर गर्दछ त्यो पनि एउटा महत्वपूर्ण विषय बन्दछ । मानिस देख्दा वा छेउमा आउँदा ऊसँग डराएर भाग्नु पर्ने अवस्था सृजना भएको छ, चाहे त्यसको पछाडि अनेकौ कारण किन नहोस्, सरकारले प¥याप्त मात्रामा यस सम्बन्धी सत्य तथ्य जानकारी दिन नस्कनु पनि कारण हुन सक्दछ । कोरोना भन्ने बित्तिकै सातो उडने माहोल सृजना हुनुमा कसको दोस छ । किन कसैले यस बारेमा प¥याप्त जानकारी दिन सकेन, चन्द्रममा पुग्ने, स्पेसमा पुग्ने मानिसहरुले किन यो घटनाको प्रक्षेपण गर्न सकेन ? यस बारेमा अहिलेसम्म तथ्य परक ढंगबाट अध्ययन अनुसन्धान भएकै छैन । कसले रोकेको छ यस्ता सृजनात्मक कार्यहरु गर्नमा, मानव जातिको हितको लागि कार्य गर्न पनि किन विश्व समुदाय नै विभाजित छन् । अझ कतिले त यसलाई मानव निर्मित हतियार हो, नाफा कमाउनलाई प्रयोग गरीरहेका छन् पनि भन्दछन् भने कोरोनाको नाममा व्यापार गर्न उनीहरु आतुर छन पनि भन्दा रहेछन ।
के अब हिजोको जस्तो हाम्रो जीवन सकिएको हो ? के कोभिड १९ को कारण मानिसहरुको जीवन शैलीमा परिवर्तन आउँदछ ? अब देशको तथा अन्तर्राष्ट्रियको अर्थतन्त्र डुब्न लागेको हो ? के हाम्रा बैंक तथा वितीय संस्थाहरु प्नि यो महामारीको कारण कोमामा पुगेको हो ? जस्ता कैयो प्रश्नहरु आम नागरिकको मनमा उब्जन थालेको छ । कसैल,े कसै प्रति विश्वास गर्न अवस्था बाकि रहेको देखिँदैन । पूरै अविश्वासको वातावरण सृजना भएको छ । अनेकौ समस्याको बावजुद उनीहरु भन्दै छन् कोरोनाको भ्याक्सिन कहिले आउँदैछ ? जीवनलाई खुसी बनाउन उनीहरु कति लालयित छन् यो सबै कुरा माथिको उदाहरणबाट थाह पाउन सकिन्छ ।
कतिले त पहिलेको जस्तो युग भएको भए यसरी कोरोना फैलन पाउँदैन थियो अहिले नेपाल भएको मानिस एक छिनमा चिनमा हुने केही छिनमा बेलायत पुग्ने र केही छिनमै जापन पुग्ने जुन प्रविधि आयो त्यसैकारण यो कोराना पनि आयो भन्ने गर्दछन, एक हत सम्म ती सबै कुराहरु मान्य नै हुन्छ । हामीले यो कोराना भन्दा अघि यसरी सोचेका थिएनौं कि यस्ता महामारीको कारण विश्लाई एक ठाउमा अडकाउनु पर्दछ भनेर केवल नाफाको पछाडि आफ्नो समान बेच्नको पछाडि, पुँजीको पछाडि मात्र दगुर्यौ । नाफा सँगसँगै रोग ब्याधीहरु पनि दगुरिरहेको छ भनेर सोचेनो त्यस्का लागि तयारी गर्नेमा न त हामीले समय छुटयायौ न त पुँजी छुटयायौं । जसरी हुन्छ अरु देशबाट धेरै पैसा आफ्नो देशमा भित्रयाउने रणनीतिमा हामी लाग्यो । आफ्नो समान महङगोमा बेच्ने र अरुको समान सस्तो मा किन्ने रेशमा हामी लाग्यौं । आधुनिक विज्ञान प्रविधिको खोज त गर्यौ तर हामी सँगै भएको औषधी विज्ञान प्रयोगमा ल्याएनौ । के हाम्रा पुर्खाहरुले यस्ता महामारीको सामान नगरेका होलान त, यतिको हजारौँ वर्षको यात्रामा कति कस्ता कस्ता महामारी सँग जुधे होला विचार गरेनौ । वास्ता पनि गरेनौं बरु ती कुराहरुलाई वैज्ञानिक बनाउदै लानु पर्नेमा नीति बनाएरै आधुनिक औषधी विज्ञानको चक्करमा वास्ता समेत गर्न भ्याएनौ ।

अरुले प्रयोग गरेका कुराहरुलाई केवल नक्कल गर्न बाहेक हामीले केही सिकेनौं हाम्रा डक्टरहरु पनि डब्लु.एच.ओ.ले जे निर्देशन गरेका छन् वा उनीहरुले पढ्दा जुन–जुन कुराहरु सिकाइएका छन् ती कुराहरु बाहेक अन्त जाने आटै गरेनन् । त्यस्को फलस्वरुप अहिले हामी यो अवस्थामा आएका छौं कि कसले कहिले भ्याक्सिन विकास गर्ने हो र त्यस्को दाम कति राख्ने हा,े के हामीलाई देलान कि नदेलान भनेर मनमा यी प्रश्न सोच्ने बाहेक अरु विकल्प हामीसँग रहेन ।
आखिर हामी किन यो अवस्थामा आयौं त यसको बारेमा निर्मम समिक्षा गर्नु पर्दछ के हामीले हाम्रो देशको लागि छुट्टै औषधी विज्ञानलय बनाउन सक्दैनौ, सक्छौं भने अहिलेबाटै तयारी गर्नु ढिलो गर्नु हँुदैन । भीडभाड, घम्सा घम्सी, प्रतिस्पर्धा, देखासिखी, पुँजी संकलनको पछि दिन रात दगुर्ने प्रवृति नहँुदा पनि त हाम्रो जीवन अघि बढ्दो रहेछ नि । आफ्नो गाँउ घर बलियो बनाउने समुदाय बलियो बनाउने, सिङ्गो क्षेत्रलाई बलियो बनाउने, अ‍ैचो पैचो घर–घरबाटै टार्दै लाने एकले अर्कोलाई सहयोग गर्दै जाने जो सँग कम छ त्यस्लाई धेर हुने ले दिने, जो सँग छदै छैन त्यस्लाई कम हुनेले दिने, नाफाको लागि नभएर श्रमको मुल्य निर्धारण गर्ने, कुनै एक जना व्यक्ति धनी हुनेको साटो सिङ्गो समाज धनी हुने कुनै एक जना मात्र जान्ने हुनुको साटो सिङगो समुदायको मानिसहरु जान्ने बुझ्ने हुने कुनै एक जना राम्रो हुनेको सट्टा सबै मानिस राम्रा हुने प्रणालीको विकास गर्ने यो एउटा सुनौलो अवसरको रुपमा रहेको छ । किनकी हामीले बुझ्यौ कोरोना भाइरस कुनै एक जना व्यक्तिमा थियो त्यो व्यक्तिबाट क्रमश अर्कोमा सर्न गयो त्यसपछि अर्कोमा सर्न गयो त्यसपछि धेरै मानिसमा सर्न गयो सिङ्गो समाजमा सर्न गयो हँुदाहँुदै देशभरी सर्न गयो अन्ततः देशमा मात्र सीमित भएन सिङ्गो विश्वमा सर्न गयो । यसरी एउटा रोग एक व्यक्तिबाट विश्वमा सर्न हुन्छ भने हामीले सुरुवात गर्न लागेको काम विश्वले किन स्वीकार नगर्ने यस्को उदाहरण अब हामी बन्नु पर्दछ । त्यसको लागि नाफालाई केन्द्रमा राखेर होइन मानिसलाई केन्द्रमा राखेर हेर्नु पर्दछ ।