झापामा आज थप २० जनामा कोरोना संक्रमण

मेचीनगर । मेचीनगरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–७ सहित झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुमा मेचीनगरका ७, गौरादहका ७ जना, बुद्धशान्तीका ५, जना, र गौरीगञ्जका १ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए ।
मेचीनगरमा पुष्टि भएकाहरुमा वडा नं ५ का ४ जना, वडा नं १० का २ जना, ११ का १ जना रहनु भएको छ ।
संक्रमित सबै भारतबाट आएर धुलावारीस्थित अतिथि सदन भवनको क्वारेन्टाइनमा रहनु भएको सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए ।
आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मेचीनगरमा मात्र संक्रमितको संख्या २७ पुगेको छ भने ३ जना निको भएर घर फर्केका छन् ।
झापामा आज थप २० जनामा कोरोना पुष्टिहुँदा झापामा कुल संक्रमितको संख्या २४९ पुगेको छ । २४९ संक्रमित मध्ये १९० जना निको भएर घर फर्कीएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
झापासंगै प्रदेश नं १ का इलाममा २ जना, मोरङमा १ जना, ताप्लेजुङमा १ जनामा कोरोनाको संक्रमण देखिएको छ ।