कोरोना संक्रमणको वृद्धिमा नयाँ रेकर्ड, ७४० कोरोना संक्रमित थपिए

काठमाडौं । नोभेल कोरोना भाइरसका ७४० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० संक्रमित थपिएका हुन् ।

नेपालमा यसअघिसम्म उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमबार ४७६, मंगलबार ३१६, बुधबार ४८२ र बिहीबार ४७३ कोरोना संक्रमित फेला परेका थिए ।
कुल कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ ।

देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार १४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरका २३ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म दुई लाख ४२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ५६ हजार २९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ३५ हजार ४७२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ८४ कोरोना संक्रमितहरु रहेका छन् । बारखरीबाट