नेपालमा थप १८० जनामा कोरोना संक्रमण, संक्रमित १५ हजार ९६४ पुगे

काठमाडौँ । नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १५ हजार ९६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले  एकैदिन १८० जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म छ हजार ८११ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको २६४ संख्या रहेको छ ।

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ । सजिलो खबरबाट