लागुऔषधसहित तीन पक्राउ

दमक/ झापाको दमक १ र इलामको चुलाचुलीबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहिवार राती ११ बजे ईलामको चुलाचुली गाउँपालिका ३ घर भई दमक नगरपालिका १ मा बस्दै आएका २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ ३ घर भएका १६ बर्षीय रोहन राईलाई ४९.१ ग्राम लागुऔषध ब्राउन सुगर तथा ५२ हजार ६ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले जानकारी दिए । त्यसैगरी ईलामको चुलाचुली गाउँपालिका ४ बाट लागुऔषध सहित अर्का एक जना पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे स्थानीय २९ बर्षीय तारा लिम्बुलाई घरैबाट पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।