अब दाह्री काटेको १०० रुपैयाँ !

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका करिब ३० हजार सैलुन व्यवसायीले आफूखुसी निर्णय गर्दै सबै प्रकारका सेवा शुल्क एकैपटक वृद्धि गरेका छन् । उपत्यकाका तीन जिल्लामा सैलुन व्यवसाय सञ्चालन गर्नेहरुको छाता संठगन नेपाल नाइ संघ जिल्ला समिति काठमाडौंले १७ प्रकारका सैलुन सेवाको शुल्क बढाउने निर्णय गरेको हो ।

समितिको असार १७ को निर्णयपछि उपत्यकामा नयाँ मूल्य सूची कार्यान्वयनमा आइसकेको छ । कपाल काटेको शुल्क पहिलेको एक सय ३० (व्यवहारमा १००) बाट बढाएर १५० रुपैयाँ पु¥याइएको छ । यस्तै दारी काटेको शुल्क ७० रुपैयाँबाट एकैपटक एक सय रुपैयाँ कायम गरिएको छ ।

कपाल डिजाइन गरेको ५० देखि एक सय रुपैयाँसम्म, दारी डिजाइन गरेको ५० देखि ७० रुपैयाँ, कपालमा स्याम्पो गरेको २० देखि ५० रुपैयाँ, फेसियल गरेको दुई सय तथा कपाल कालो गरेको एक सय देखि १५० रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

यस्तो छ नयाँ मूल्यसूची

कोरोना महामारीका कारण सेवा शुल्कमा सामान्य वृद्धि गरेको संघको काठमाडौं जिल्ला समिति अध्यक्ष राजेश ठाकुरले अनलाइनखबरलाई बताए । ‘कोरोना महामारीबीच व्यवसाय धान्न र परिवार पाल्नका लागि सुरक्षा प्रवन्धसहित सेवा दिनुपर्ने भएकाले शुल्क बढाउनु परेको हो,’ अध्यक्ष ठाकुरले भने ।