युएईबाट पहिलो चरणमा ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किए

कोरोनाका कारण युएईमा समस्यामा परेका मध्य ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किएका छन्।
युएईस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा विभिन्न एयरलाइन्सको ३५ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्।
कोरोना भाइरस (कोभिड(१९) कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो।
गत जुन १९ देखि जुलाई १२ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज,एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।
सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा पोहिलो चरणमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका,बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु हुन्।
कोरोना भाइरस (कोभिड(१९) कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो।
गत जुन १९ देखि जुलाई १२ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज,एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।
सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा पोहिलो चरणमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका,बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु हुन्। रातोपाटीबाट