भानुको सालिकमा माल्यार्पण

काँकरभिट्टा । विसम परिस्थतीका कारण भानु साहित्यक प्रतिष्ठान काँकरभिट्टाले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती सामान्य रुपमा मनाएको छ ।

(कोभिड १९) बाट उत्पन्न कोरोना संक्रमणका कारण भव्य कार्यक्रम गर्न नसकेको प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद उप्रेतीले बताए । बिगतका दिनमा भब्यताका साथ भानु जयन्ती मनाउँदै आएका थियौं तर यो वर्ष परिस्थती त्यस्तो बनेन ।

प्रतिष्ठानले बैठकद्धारा शोक प्रस्ताव पारित गर्दै काँकरभिट्टा बहुमुखी क्याम्पसको परिसरमा रहेको भानुभक्त आचार्यको पुर्णकदको शालिकमा माल्यापर्ण गरेर सम्झिएको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी सदस्यहरु, र विभिन्न साहित्यक अगुवाहरुको उपस्थितीमा माल्यापर्ण कार्यक्रम गरेको नेपाल प्रज्ञा प्रतिष्ठानकी प्रज्ञा सदस्य सुभ्रदा भट्टराईले बताइन् ।

वि.स १८७१ असार २९ गते तनहुको चुदीँरम्गाउँमा जन्मिएका भानुभक्तको निधन विं.स १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती नेपालमा मात्रै होइन भारत, सिक्किम, दार्जलिङ्गलगायतको स्थानमा मनाउने गरिन्छ ।