मेचीनगरबाट शुरु भयो विचार मञ्च

मेचीनगर । मेचीनगरबाट बिचारमञ्च डटकम अनलाइन सोमबारदेखि सञ्चालनमा आएको छ ।

पत्रकार सन्तोष आचार्य सम्पादक प्रकाशक रहेको अनलाइनको मेचीनगरका पुराना पत्रकार जि एन शर्माले कम्प्युटर मार्फत डोमिन क्लिक गरेर उद्घाटन गरेका हुन् । पत्रकार आचार्य लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

कार्यक्रममा नेकपा मेचीनगरका अध्यक्ष माधब अर्याल, नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकी, जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, तरुण दल झापाका अध्यक्ष गोपाल तामाङ, पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य मोहन काजी, काकरभिट्टा खानेपानी कार्यालयका प्रमुख दिपक पोखरेल र रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले आ-आफ्ना धारणा राखेका थिए ।