२१ महिला तथा किशोरीको उद्धार

झापा  ⁄  बिभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पुरयाएका नेपाली महिला तथा कीशोरीहरुलाई उद्धार गरि नेपाल ल्याइएको छ ।
सोमबार राती त्यहाँबाट लामो समय देखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको हो । लकडाउन भन्दा अघिनै स्थल तथा हावैमार्गबाट उनीहरुलाई त्यहाँ पुरयाइएको थियो ।
एजेण्टले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पुरयाएका थिए । उनीहरुको उद्धारमा नेपाल सरारका उप—सचिव गोमा ढकाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डों र माइति नेपालको समन्वयमा उद्धार गरिएको माइति नेपाल १ नम्बर प्रदेश प्रमुख गोबिन्द घिमिरेले बताए ।
उद्धार गरेका उनीहरु देशका बिभिन्न स्थानका रहेका छन् । उनीहरुलाई माइति नेपालको स्नेह गृह सतिघट्टामा राखिएको छ । घिमिरेका अनुसार उनीहरुलाई काठमाण्डौं लगाएतका स्थानमा पुरयाउने तयारी भइरहेको छ । यस अघि पनि मणिपुरबाट १सय ७९ र २३ जना नेपाली महिला तथा किशोरीलाई उद्धार गरि नेपाल ल्याइएको थियो ।