शिक्षा क्षेत्रप्रति सरकारको मौनता

कोरोना कहर सगै थला परेको शिक्षा क्षेत्र आज बाट झनै अशक्त बन्ने लक्षण देखिएको छ। पछिल्लो समयमा निजी क्षेत्रले विगत ३ महिनादेखि आफ्ना शिक्षक कर्मचारीलाई राहत स्वरुप भए पनि उपलब्ध गराउन केही आर्थिक सहयोग तथा राहत प्याकेजका लागि प्याब्सन पालिकाले पालिकासग, प्रदेश कमिटीले प्रदेश सरकारसग र केन्द्रीय कमिटीले संघीय सरकारसग आफ्नो समस्या भलिभाती सम्बन्धित निकाय सग राखी याचना नगरेको पटक्कै होईन। हाम्रो सरकार यो समस्या प्रति सदैव उदासीन नै रह्यो । यो क्षेत्र सग आश्रित करिब ५ लाख भन्दा बढी मानिस को दैनिक समस्या लाई गम्भीर भएर कहिलै सोचेन। त्यसमा पनि अलिक पृथक पृष्ठभूमि बाट आउनु भएका अर्थमन्त्री र शिक्षा मन्त्री ले यश विषय को गाम्भिर्यता र यसले भोलि निम्त्याउने विकराल परिस्थिति को आंकलन गर्न ध्यान पटक्कै दिन सक्नु भएको छैन ,अथवा यसलाई हलुका सग लिईरहनु भएको छ। यो केवल बिधालय संचालक सग मात्र सम्बन्धित विषय पटक्कै होईन। यो त समाज र त्यसमा मा काम गर्ने शिक्षक तथा कर्मचारी सग प्रत्यक्ष जोडिएको विषय हो।केहीसमय बिधालय संचालक र त्यसमा काम गर्ने शिक्षक हरु विच असमझदारी बढाएर यिनलाई ध्वस्त पार्न सकिन्छ भन्ने सोच हो भने त्यो चाहिँ को नि के को न्यानो जस्तो मात्र हो। हामीले हाम्रो शिक्षक तथा कर्मचारी को समस्या लाई सवै तिर जाहेर गरेको अवस्था हो। यिनै विषय वस्तुको गम्भीर परिणाम आज बाट शुरु हुदैछ।
देश धेरै थरिका समस्याहरु सग लडिरहेको छ। सत्तारूढ पाटी आन्तरिक कलहमा रुमलिएको छ। पार्टीका शक्तिशाली व्यक्ति हरु जुगाको लडाई मा अल्मलिएका छन्। शिक्षा क्षेत्रलाई अनिर्णयको बन्दी बनाई राखेको छ। सवै सरकारी अड्डा मा भिडभाड छ। बजार निर्बाध चलिरहेको छ।सडकले पहिले कै लय लिईसकेको छ। छन् त केवल बिधालय मात्र सुनसान छन्। शिक्षा मन्त्री ज्यु को आदेश पर्खेर बसेका बिचरा बिधालय कहिले खुल्छन् टुङ्गो छैन। बिधालय लाई क्वारेन्टाइन बनाईएको छ त्यसकारण बिधालय खुल्ल समय लाग्ने छ। बाढीपीडित हरुको डेरा भएका छन् बिधालय त्यस कारण खुल्न समय लाग्न सक्छ। तर हामी भनिरहेका छौं बिधालय क्षेत्र संबेदनसिल क्षेत्र हो र यो विषेश परिस्थिति बाहेक कहिले बन्द हुनुहुन्न । सरकारी गेष्टहाउस हरु लाई वा ठुला होटल हरु लिजमा लिएर बिधालय हरु खाली गर्नु पर्छ।
हैन भने निजी बिधालय खोल्न सरकारले आवस्यकिय पहल गर्नु पर्छ। आवश्यकिय सावधानी अपनाएर बिधालय खोल्नु उपयुक्त हुन्छ। निजी क्षेत्र अवश्य त्यो चुनौती को सामना गर्न हरदम तयार छ। स्वास्थ्य सम्बन्धि आवश्यकिय मापदण्ड पूरा गर्न, बिधालय को वातावरण अनुकुल बनाउन तथा बिधालय को हाता लाई स्यानिटाईज गरेर पठनपाठन का लागि वातावरण अनुकुल तयार गर्न हामी सक्षम छौं जस्तो लाग्छ। विगत देखिनै निजी शैक्षिक क्षेत्र ले शैक्षिक गुणस्तर देखि लिएर अन्य शैक्षिक क्षेत्रमा जिम्मेवार भुमिका निर्वाह गरेको छ। यश अवसरलाई राज्य र समाज ले बचाएर राख्न सकेको खण्डमा भोलिका दिनमा समयअनुसार आफ्ना नानीहरू लाई बिधालय शिक्षा दिन विदेश ताकि रहनु पर्दैन। बिधालय शिक्षा ग्रहण गर्ने उमेर नानीहरू को अत्यन्तै संवेदनशील उमेर हो। यो उमेरमा सिकेको शिक्षा र संस्कार दुवै जीवन भर छाप बनेर रहन्छन् र उनको दैनिक जीवन को हरेक मोडमा यो उमेरमा ग्रहण गरेको शिक्षा र संस्कार ले उनलाई सफल बनाउन मदत गरिरहेको हुन्छ । शिक्षा लिने र दिने दुवै कर्म मा समर्पण को आवश्यकता पर्दछ । मानिस को सफलतामा ९९% मेहनत र १% मात्र हौसलाले काम गरेको हुन्छ । उनलाई मेहनती बन्न वातावरण तयार गरिदिनु पर्छ । त्यो हाम्रा शिक्षक साथी ले सहज तयार गरिदिनु हुन्छ।
तर विडम्बना ,शिक्षा दिने गुरु हरु सडक आन्दोलन गरेर हिड्नु परेको छ। आफू सकिदै अरुलाई उज्यालो दिने गुरु आज हात मुख जोर्न हम्मेहम्मे भएर सरकार जसलाई अभिभावक को रुपमा हेरिन्छ सग याचना गर्दा पनि सुनवाइ नहुनु र चलिरहे का कक्षा बन्द गरेर बिरोध मा उत्रनु परेको छ। तमाम नानीहरू लाई शिक्षा दिन तयार गुरुहरु चुलो चौको को मार खपिरहनु परेको छ। मलाई लाग्छ यी जनताका निम्नतम आवश्कतामा पर्दछन् जुन पूरा गर्नु राज्यको न्युनतम दायित्व भित्र पर्दछ। प्याब्सन तथा इष्टुले राज्य मागेका छैनन्। तत्काल को असहज परिस्थिति लाई सहज बनाईदिन विकल्प सहित माग राखेका हुन्।
अत: नितिगत अप्ठ्यारो मा जकडिएको हाम्रो शिक्षा क्षेत्र कहिले फ्रि होला ? र राज्य संचालन को जिम्मा लिएका हाम्रा नेता ज्यु हरु कहिले जनताका न्यनतम आवश्यकता पूरा गर्न सक्षम हुनुहोला ?पर्खेर हेर्न सिवाय अरु के नै गर्न सकिएला र ?

( लेखक प्याब्सन झापाका पुर्व अध्यक्ष हुन)