नेकपा बैठकमा ओलीको प्रस्ताव : एकता महाधिवेशन मंसिरमै गरौं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री पद छाड्न दबाब दिइरकेका बेला ओलीले भने मंसिरमै एकता महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् । बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमा नै गर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।