स्मृतिमा : जननायक बिपी कोइराला

“नेपाल भनेको नेपालका ती गरीब जनता हुन्, जसको आङमा फाटेको र मैलो लुगा छ। टाउकोमा घेरा मात्र भएको टोपी छ। बिरामी परे ओखती-मूलो पाउँदैनन्। आफ्ना छोरा-छोरीलाई शिक्षा-दिक्षाको प्रबन्ध गर्न सक्तैनन्। जसलाई बिहान खाए बेलुका के खाउँ र बेलुका खाए बिहान के खाउँ भन्ने समस्या छ। तीनै गरिव किसानको देश हो नेपाल  ।”                                                       –  जननायक बिपी कोइराला   
करिब ४ दशक अघि जननायक बिपी कोइरालाले व्यक्त गर्नुभएको माथी उल्लेखित भनाईले आज पनि उत्तिकै महत्वपूर्ण अर्थ राख्दछ । बिभिन्न परिवर्तनलाई आत्मसाथ गरी लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको नेपालमा बिपीले  भन्नुभएको जस्तै टाउकोमा घेरामात्र भएको  टोपी  लगाउने नेपालीहरूका  समस्या भने अझै सम्म पनि यथावत नै छ । यो अवस्थामा मुलुकबासीलाई माया गर्ने र मुलुक प्रति जहिले निष्ठावान रहने बिपी कोइराला जस्तै दूरदर्शी राजनेताको अभाव आम नेपालीजनलाई भईरहेको छ । नेपाली जन जनका मन र मस्तिष्कमा उहाँको सम्झना रहिरहेको छ । सम्झनाकै सेरोफेरोमा २०७७ साउन ६ गते अर्थात ३८ औ बिपी स्मृति दिवश ..

बि.स १९७१ साल भाद्र २४ गते भारतको बनारसमा जन्मिनुभएका बिपी कोइरालाको  घाँटीको अर्बुद ( क्यान्सर ) रोगका कारण २०३९ साल साउन ६ गते दुःखद निधन भएको थियो । “राष्ट्रियता” भनेको जनता र जनताका समस्याहरू हो र सबै नेपालीको एउटा सानो घर , गरि खान पुग्ने एउटा खेतबारी , एउटा दुहुँनो गाई हुनु नै नेपालको सन्दर्भमा “समाजबाद “ हो भनेर व्याख्या गर्नु हुने कोइरालाकै नेतृत्वमा राणा शासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय काग्रेसको स्थापना भएको थियो जुन पछी गएर नेपाली काग्रेस हुन गयो । नेपालको प्रजातान्त्रिक समाजबादी आन्दोलनका प्रतीक मानिने बिपी कोइरालाले २००७ सालमा राणा शासन विरूद्धको क्रान्तिको नेतृत्व गर्नु भएको थियो । नेपाली साहित्यमा बिश्वेश्वर प्रसाद कोइराला नामबाट परिचित कोइराला २०१५ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभएको थियो तर यो सरकार १८ महिना मात्र चल्न सक्यो । बि.स २०१७ साल पुष १ गते राजा महेन्द्रले  बिपी कोइरालाको सरकारलाई अपदस्त गरे र बिपी लाई  २०२५ सालसम्म (८ वर्ष ) जेलमा राखियो । त्यसपछी उहाँलाई  बनारस निर्वासनमा जान दिइयो । २०२५ साल पछि भारत प्रवासमा रहनु भएका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फ़र्किनुभएको  थियो । बिपी कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान  गरेर अन्य नेतासहित स्वदेश फर्केको त्यो दिन ( पुस १६ ) को सम्झनामा नेपाली काग्रेसले हरेक वर्ष राष्ट्रिय मेलमिलाप दिवश भनेर मनाउने गर्दछ ।मेलमिलापको नीति लिएर नेपाल फर्के पनि  नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा थुनामा राख्यो । २०३५ साल तिर अन्तराष्ट्रिय दबाबको कारण सरकार उनी विरूद्ध लगाइएका सबै मुद्धाहरू फिर्ता लिन बाध्य भयो । २०३६ सालको आन्दोलनको बेलामा समेत बिपी कोइरालालाई नजर बन्द गरेर राखिएको थियो । बि.स १९८६ मा भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएको आरोपमा बेलायति सरकारले पहिलो पटक ३ महिनाका लागी कैद गरेपछि नै  राजनितिमा सक्रिय भएर , नेपालमा बि.स २००३ मा  ३२ बर्षको यूबा उमेरमै नेपाली राष्ट्रिय काग्रेसको स्थापना गरी सोहि साल विराटनगर मजदूर आन्दोलन नेतृत्व गर्दँ , अर्बुद ( क्यान्सर ) जस्तो प्राणघातक रोगसंग लड्दालड़दै आफ्नो सम्पूर्ण जीवन देश र जनतालाई समर्पण गर्नुभएका जननायक बिपी कोइरालाले २०३९ साउन ६ गते काठमाण्डूमा आफ्नो जिवनको अन्तिम सास लिनु भयो ।
बिपी कोइराला बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । राजनितिक तथा अर्थशास्त्रमा स्थानक तथा कानूनमा स्नातकोत्तर सम्मको अध्यन पुरा गर्नुभएको बिपी कोइरालाको अर्को महत्वपूर्ण पाटो थियो साहित्य । नेपाली साहित्यमा यौन मनोबिज्ञानलाई प्रवेश गराउने बिपीले राजनितीमा समाजवादी भनेर पहिचान बनाउनु भए पनि साहित्यमा आफूलाई अराजकताबादी भन्न रुचाउनु हुन्थ्यो । उहाँले तिन घुम्ति , सुम्निमा , नरेन्द्र दाई , मोदीआइन , हिटलर र यहूदी , बाबु आमा र छोरा जस्ता उपन्यास नेपाली साहित्यलाई दिनु भएको छ । यो सगसगै दोषी चश्मा ( कथा संग्रह) ,  स्वेत भैरवी ( कथा  संग्रह) आफ्नो  कथा ( जीवनी) ,  जेल जर्नेल ( जीवनी )  लगायतका कालजयी सृजनाका सर्जक पनि हूनूहुन्छ ।
नेपालका अधिकांश नेताहरूले बिपीलाई आदर्श नेताको रूपमा मान्नूहुन्छ । उहालाइ   राजनीतिक गुरुको रूपमा पनि लिनुहुन्छ । आफूले स्थापना गरेको पार्टी नेपाली काग्रेसमा मात्र हैंन बिपी कोइराला अन्य दलका नेताहरुले पनि रुचाइएका नेताको रूपमा चिनिनुहुन्छ  । सादा जीवन उच्च विचारका धनी बिपी कोइराला सबै नेपालीका लागी प्रिय हुनुहुन्छ । नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारीले  मन पर्ने नेता भनेर बिपी कै नाम लिनु भएको थियो भने नेकपाका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड ) ले समेत आफू बिपी कोइराला बाट प्रभावित भएको भनेर सार्वजनिक रूपमै भन्नुभएको छ । नेपाली  काग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरी बिपी कोइरालाको जिवन खुल्ला किताब जस्तो भएको बताउनु हुन्छ । उहाँ भन्नु हून्छ ,”बिपी संग आजको मितिमा आजको नेपाललाई चाहिने केन्द्रिय अवधारणा थियो । उहाले आजीवन आफूलाई समाजवादीको रूपमा प्रस्तुत गर्नु भयो ।”
पार्टी महामन्त्री तथा उहाँकका कनिष्ठ सुपुत्र शशांक कोइराला बिपी कार्यकर्तालाई  परिवारको सदस्य जस्तै माया गर्ने  र कार्यकर्तालाई स्पर्श गर्ने सक्ने क्षमता भएको नेताको रूपमा सम्झिनु हुन्छ ।
नेपाली कांग्रेस केन्द्रिय प्रवक्ता बिश्वप्रकाश शर्मा बिपी कोईरालालाई एक असल नेतृत्व को रूपमा सम्झिन चाहानुहुन्छ । उहाको भन्नुहून्छ ,  “बिपी कोईराला सग सपना थियो तर समय थिएन , तसर्थ बिपी कोईरालाको सपनालाई साकार बनाउनु नै आजको काग्रेसको प्रमुख दायित्व हूनू पर्दछ ।”
समाजमा समानता  न्याय र जमिनको न्यायोचित पुन:वितरण बिपी कोइरालाका प्राथमिक एजेण्डा थियो । मुलुकलाई विकासको दिशा तर्फ लैजानको लागि सामन्तवादको अन्त्य जरुरी रहेको उहाँको निचोड थियो । राष्ट्रियता र प्रजातन्त्र उहाँको मूलमन्त्र थियो । उहाँ  भन्नु हून्थियो ,“म चाहांन्छु हरेक नेपालीको एउटा घर होस , दुहुनो गाई होस छोराछोरी स्कूल जान सकुँन औषधी उपचारको अभावमा मर्नू नपरोस ।तर अहिले सम्म पूर्ण रूपमा बिपीको सपना साकार हुँन सकेको छैन । यो विषयमा बिपी कोईरालाले जन्माए – हुर्काएको पार्टी नेपाली काग्रेसको बिशेष ध्यान जानु आवश्यक देखिन्छ । बर्तमान अवस्थामा काग्रेसले बिपीको नितीलाई आत्मसाथ नगरेको र काग्रेस भित्र पनि बिपिलाई नै भुल्दै गएको भन्ने आरोप लाग्ने पनि गरेको छ । तसर्थ  औपचारिकतामा  मात्र बिपीको सम्झना गर्ने परम्परलाइ हटाएर यथार्थमा बिपी कोईरालाले देख्नु भएको  समाजबादको सपनालाई साकार बनाउने दिशामा आज कै दिनबाट काग्रेस एक ढिक्का भएर अघि बढ़ने प्रण गरेको खण्डमा  जननायक प्रति सहि अर्थमा श्रध्दासुमन प्रकट हूने थियो ।
जननायक बिपी कोईराला को ३८ औ स्मृति दिवसको अवसरमा भावपूर्ण श्रध्दासुमन व्यक्त गर्दछु ।  (लेखक:नेपाली काङ्ग्रेस,झापा-१ क्षेत्रीय सहसचिव हुनुहुन्छ