नेकपाका दुई अध्यक्ष बिच वार्ता

काठमाडौ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा अ‍ोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार दिउँसो भेट बार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न दिउँसो १२ बजे बालुवाटार पुग्नुभएको थियो ।
दुई अध्यक्षबीच करिब ४५ मिनेट वार्ता भएकोे थियो ।दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको अध्यक्षका सचिवालयले जनाएको छ ।

नेकपाको स्थायी कमिटी बैठकमा कुरा नमिल्दा बैठक सरिरहेको छ । स्थायी कमिटि बैठक यही साउन १३ गते ११ बजेकालागि सारिएको छ ।
स्थायी कमिटि बैठक अघि दुई अध्यक्षबीच सहमतिका लागि वार्ता भइरहेको हो ।