सोमबार रातिदेखि देशभर भारी बर्षाको सम्भावना

झापा/ आगामी सोमबार रातिदेखि वर्षा फेरि बढ्ने सम्भावना रहेको भन्दै सबैलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।

शनिबार ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै महाशाखाले साउन १२ गते (सोमबार) रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले त्यसले मनसुन सक्रिय भई देशभर हल्कादेखि भारीसम्म वर्षा गराउने जानकारी दिएको हो ।

‘आउँदो सोमबार (साउन १२) रातबिाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सम्भावना छ,’ विशेष मौसम बुलेटिनमा भनिएको छ, ‘त्यसैले ती स्थानका नदीरखोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’