सुनसरीमा आगलागी, ११ वटा पसल जल्यो

 

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ। आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ। धरान उपमहानगरपालिकाको वारुणयन्त्र र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।