युभेन्टसले जित्यो इटालिएन सिरी ए फुटबलको उपाधि

 

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलको उपाधि युभेन्टसले जितेको छ। गएराति भएको खेलमा साम्पडोरियालाई दुई शून्यले हराउँदै युभेन्टसले दुई खेल अगाडी नै लिगको उपाधि जित्न सफल भएको हो। यससँगै युभेन्टसले लगातार ९ पटक सिरी ‘ए’ को उपाधिमाथि कब्जा जमाएको छ। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले १/१ गोल गरे। सिरी एमा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ। उसले यसअघि आफैले बनाएको कीर्तिमानलाई लम्ब्याएको छ। उपाधि जित्न २ अंक मात्रै आवश्यक रहेको युभेन्टसले जित निकाल्दै स्पस्ट ३ अंक जोड्यो। उपाधि जितेको युभेन्टसले ८३ अंक बनाएको छ। युभेन्टससँग पराजित भएको साम्पाडोरियाको ४१ अंकमात्रै रहेको छ। लिग अन्तर्गत गएराति नै भएका अन्य खेलमा लाजियोले भेरेनालाई ५-१ ले पराजित गर्‍यो। यस्तै रोमाले फिओरेन्टिनालाई २-१, उडिनेसले काग्लियारीलाई १-०, बोलोग्नाले लेस्सेलाई ३-२ गोलअन्तरले पराजित गर्दा स्पाल र टोरीनोले १-१ गोलको बराबरी खेलेका छन् ।