राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा उप्रेती नियुक्त

झापा । नेपालकै अग्रणी सहकारी संस्थामध्येको एक एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा दुई वर्षका लागि नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रीस्तरको २०७७ असार २२ को निणर्यबाट प्रदेश १ को प्रतिनिधित्व हुनेगरी अगुवा सहकारी अभियन्ता उप्रेतीलाई कार्यकारी सदस्यमा नियुक्त गरिएको पत्र प्राप्त भएको हो ।

सहकारी अभियन्ता उप्रेती यसअघि बोर्डको सल्लाहकार सदस्य थिए । उनले राष्ट्रिय सहकारी महासंघ (संघ हुँदाताका) दुई कार्यकाल सञ्चालक रहेर सहकारी व्यवसायको प्रवर्धनमा उल्लेखनीय योगदान गरेको थिए ।

राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा नियुक्त उप्रेतीले सहकारी अभियानका लागि काम लाग्ने आधा दर्जन पुस्तकहरु लेखेका छन् । समग्र सहकारी अभियानको पथ प्रदर्शक बन्दै आएका उप्रेतीको काँधमा आएको नयाँ जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न सक्षम बनुन् ।