थप २७४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,५४७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३०४ जनाको परीक्षणमा २७४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ५४७ जना पुगेको छ । नेपालमा हालसम्म ५२ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप २२७ जना कोरोना संक्रमित निको भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।