इन्चार्जसहित विप्लवका १० कार्यकर्ता पक्राउ

झापा /सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका १० जना कार्यकर्ता बुटवलमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज तथा केन्द्रीय सदस्य संगम पुनसहित १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले उनीहरूले बुटवलमा रहेर सरकारद्वारा प्रतिबन्धित गतिविधि गरेको पाइएकोले पक्राउ गरिएको जानकारी दिए।