सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय, चाँदी ५० रुपैयाँले महँगियो

काठमाडौं । सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा बुधबार लाख रुपैयाँ नाघेको सुनको भाउ बिहीबार प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।