नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, ३७८ संक्रमित थपिए

काठमाडौं : नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगे‍को छ ।