चेम्बर अफ कमर्सको साखा

दमक/ झापाको दमकमा चेम्बर अफ कमर्सको शाखा स्थपना भएको छ । यसको नेतृत्व राजेन्द्र ढकालले गरेकाछन् । शनिवार उक्त शाखामा रहेका पदाधिकारी तथा सदस्यहरुको चयन गर्दै शाखा सार्वजनिक भएको हो ।

बरिष्ठ उपाध्यक्षमा अजय अग्रवाल रहेकाछन् । उद्योग तर्फ उपाध्यक्षमा रामचन्द्र बराल,बाणिज्य तर्फ चन्द्रमाया निरौला चयन भएकाछन् । यसैगरी महासचिवमा रामप्रसाद रिमाल, उद्योग सचिबमा दिपक खरेल, बाणिज्य सचिबमा खेम सापकोटा र कोशाध्यक्षमा सन्दिप सहिवाला चुनिएकाछन् ।

भगवान बस्नेत, गोविन्द भट्टराई, कृष्णप्रसाद अधिकारी,राजकुमार गुप्ता, गजेन्द्र निरौला, इन्द्रमाया कार्की, दिवश राई, मैयादेबी आचार्य र याम पाठक सदस्य रहेकाछन् । अध्यक्ष ढकालले आफुहरुले कसैको प्रतिस्पर्धि संस्था नबनाएर ब्यवसायीक हितका लागि सहकार्य गर्ने गरी संगठित भएको बताएकाछन् ।