उपभोक्त समितिले आफै बतायो उत्कृष्ट पुल

गौरादह / गौरादह नगरपालिका वडा नम्बर १ को चारआलि दक्षिण को पुल निर्माण सम्पन्न भएको छ ।

नगरपालिकाबाट २० लाख रकमबाट उपभोक्त्ता समितिले आफै काम गरिपुल निर्माण गरिएको हो। पुलको मंगलबार गौरादह वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले उद्घाटन गरेका छन।

कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले समितिले उत्कृष्ट काम गरेको बताए । काम उत्कृष्ट भएको भन्दै वडालेमाया चिनो सहित समितिलाई सम्मान गरेको छ। ठेक्का नदिइ उपभोक्त समिति आफैले काम गरेर उदारणिय काम गरेको हुदा समितिलाई सम्मान गरिएको हो । उक्त समितिको अध्यक्ष दुर्गा दहाल हुन।