नेपालमा आज ६३८ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ । प्रदेश अनुसार प्रदेश १ मा ५९९, प्रदेश २ मा ३ हजार ३४७, वागमती प्रदेशमा १ हजार ३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कणर्ाली प्रदेशमा १९७ र सुदूरपश्‍चि प्रदेशमा ८९६ सक्रमिय संक्रमितहरु रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धनुषाका दुई जना, काभ्रे र सिन्धुपाल्चोकका एकरएकजना रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्लामा काठमाडौँ, पर्सा, र महोत्तरी गरी चार जिल्ला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने छ पुगेको छ। प्रवक्ता गौतमका अनुसार सोलुखुम्बु, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो।