अख्तियार प्रमुख घिमिरेलाई पनि देखियो कोरोनाको संक्रमण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । उनीसँगै स्वाब दिएका अरुको रिपोर्ट भने आउन बाँकी छ । उनी हालसम्म संक्रमण देखिएका मुलुकका उच्च अधिकारी हुन् ।
सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो ।