झापामा पहिलो पटक गौरादहले ५० बेड क्षमताको आइसोलेसन वार्ड

दमक / झापामा पहिलो पटक गौरादहले ५० बेड क्षमताको आइसोलेसन तयार गरेको छ । कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर धरानमा बेड खाली नहुँदा पालिकाले आफैँ विरामीलाई होल्ड गरेर उपचार गर्ने गरी आइसोलेसन तयार गरेको गौरादहका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिए ।

सोमबार संक्रमण पुष्टि भएका ५ जनालाई नगरले आफ्नै आइसोलेसनमा राखेको छ। गौरादह–७ मा रहेको जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनलाई आइसोलेसन बनाइएको ओझाले बताए