पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको मृत्युका बारेमा गहिरो छानबिन गर्न सरकारसँग माग गरेको छ ।

महासंघले बुधबार शोक विज्ञप्ति जारी गरेर महासंघका पूर्वसचिवसमेत रहेका बानियाँको मृत्युका बारेमा गहिरो छानबिन गर्न सरकारसँग माग गरेको हो ।

“महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्दछ,” महासंघका महासचिव रमेश बिष्टद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।

महासंघले विज्ञप्तिमार्फत् पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत् लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याएको योगदानको कदर गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँ मृत अवस्थामा फेला परेका छन् । तीनदिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको मान्डू हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो