विराटनगरमा थप २७ जनामा कोरोना संक्रमण

विराटनगर । विराटनगरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा जाँच गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बुधबार राति ८ जना महिला र १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार विराटनगर- २ मा दुई जना संक्रमित थपिएका छन् । विराटनगर- ३ मा एक जना, वडा नम्बर ५ मा ३ जना, वडा नम्बर ६ मा दुई जना, वडा नम्बर ८ मा पाँचजना र वडा नम्बर ९ मा चारजना संक्रमित थपिएका छन् ।

त्यस्तै वडा नम्बर १० मा दुई जना, वडा नम्बर १२ मा चारजना, वडा नम्बर १७ मा ३ जना कोरोना संक्रमित थपिएका हुन ।

संक्रमितहरु १५ वर्षदेखि ७४ वर्ष उमेर समूहका छन् । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ । ती मध्ये ६९ जना उपचारपछि घर फर्किएका छन् ।

महानगरपालिकाको तथ्याङ्क अनुसार विराटनगरमा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भइसकेको छ । बुधबार मात्र एकजनाको मृत्यु भएको थियो ।