दमकमा अघोषित लगडाउन; बैंक तथा बित्तिय सस्था हप्ताको ३ दिन खुल्ने ( निर्णय सहित)

दमक/ झापाको दमक नगरपालिकाले अघोषित लकडाउन गर्ने निर्णय गरेको छ । पसल अब बिहान ८ देखि ४ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ । यस्तै मोटरसाइकलमा एक जना मात्रै चढ्न पाईने, बजार, हाट, मेला सबै बन्द गर्ने । ठेला फुटपाथ बन्द गर्ने, तरकारी पसलमा पनि पालैपालो मात्रै खोल्न दिने निर्णय गरेको छ । बैँक तथा बित्तीय संस्था समेत हप्ताको ३ दिन मात्रै सन्चालन हुने भएका छन् ।