कर्मचारीलाई काेराेना देखिएपछि दमक विद्युत प्राधिकरणकाे सेवा बन्द ( सुचना सहित)

दमक, नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा कार्यरत ५ जना कर्मचारीलाई काेराेनाे पाेजेटिभ देखिएकाे छ । कोरोना पाेजेटिभ देखिएसँगै विद्युत् प्राधिकरणले सबैभन्दा सेवा बन्द गरेको छ । शनिबार गरिएको परिक्षणका क्रममा दमकमा ६ जनामा काेराेना संक्रमण देखिएको थियोे । ती मध्ये ५ जना विद्युत प्राधिकरणका कर्मचारी हुन् ।