अाईएमई बैंक र ट्राफिक प्रहरी गौरादहकाे संयाेजनमा सचेतना कार्यक्रम :

मिलन अधिकारी

गौरादह /बढदै गरेकाे कोरोना भाइरस कोभीड – १९ संक्रमण फैलिन नदिन गाैरादहमा सचेतना बढाउदै मास्क बितरण गरिएकाे छ । गौरादह स्थित डिपु चौकमा जनचेतना समुह , अाएमई बैंकको आयोजना र ट्राफिक प्रहरी पोस्ट गौरादहको संयोजनमा आज जनचेतनामूलक कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रम माक्स बितरण गर्नुका साथै कोरोना भाइरस बाट बच्न माक्स लगाउने तरिका , हातलाई सुरक्षित हुनेगरि साबुन पानीले धुने गरिका , सेनिटाइजर प्रयोग गर्ने लगायतका सचेतनात्मक सन्देशहरु दिईएकाे थियाे ।
कार्यक्रममा माक्सको प्रयोग गर्दा केही हदसम्म कोरोना बाट बाच्न सकिने , अति आबश्तक काम बाहेक घर बाहिर ननिसकौ भन्ने सन्देशमुलक प्रचार सामाग्रिहरु समेत बितरण गरिएको छ । उक्त जनचेतनामूलक कार्यक्रममा १५०० माक्स बितरण गरिएको कार्यक्रम संयाेजक अाईएमई बैंक संचालक किशाेर पाैडेल ले बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यलय गौरादह , ट्राफिक प्रहरी पोस्ट गौरादह ,साना सबारी टयाक्सी व्यावसायि र अन्य स्थानिय सामाजिक अगुवा र सर्वसाधारणहरुकाे भाैतिक दुरि सहित सहभागिता रहेकाे थियाे ।