कमलका युवाले पापड उध्याेग खाेल्दै

कमल/कमल गाउपालिका वडा न ५मा केही युवा मिलेर पापड उध्याेग संचालन गर्ने भएका छन । वडाकाे ५ नम्वरमा संचालन हुने उध्याेगकाे अाज वडा अध्यक्ष डम्वर बहादुर निराैलाले अाज सिलन्यास गरेकाछन ।

स्थानिय उत्साहि युवा र एकल महिला गरि ५ जनाले स्वादिष्ट खाध्यान्न उध्याेगकाे पहिले उत्पादन मार्फत स्वादिष्ट पापड बजारमा ल्याउन लागेका हुन ।उध्याेगले दशै अगाडिनै अाफ्नाे उत्पादन बजारमा ल्याउने उद्धेश्यले काम अगाडि बढाई रहेकाे संचालक राम थापाले बताए ।
काेरियावाट फर्किएका युवाले काेरियामा सिकेकाे सिपलाई स्थानिय ठाउँमा उपयाेग गर्ने र स्थानिय स्तरमा राेजगारी बढाउने उद्देश्यले पापड उध्याेग स्थापना गर्न लागेकाे संचालक युवा कमल अाेझाले बताए । स्थानिय स्तरमा उत्पादन हुने मुगदाल , उरठ दाल जस्ता कच्चा पदार्थबाट बनाउन सकिने र स्थानिय कच्चा पदार्थलाई नै प्राथमिकता दिने पापड उध्याेगले स्थानिय स्तरमा युवाहरुलाई स्वाराेजगार बनाउनुका साथै अन्यलाई समेत राेजगारि दिन सक्ने भएकाले ५ नम्वर वडा र गाउँपालिकाले समेत उध्याेग संचालनमा हरतरहले सहयाेग गर्ने कमल गाउँपालिका ५ नम्वर वडा अध्यक्ष डम्वर बहादुर निराैलाले बताए ।
हाल नेपाली बजारमा भारतमा उत्पादित पापडले बजार लिईरहेकाे अबस्थामा स्थापना हुन लागेकाे उध्याेगले त्यसलाई कम गर्ने बिश्वास रहेकाे युवा उध्यमि सुमन कार्किले बताए ।
एकल महिला सितादेवी अाेझाकाे समेत गरेर उध्याेगकाे प्रारम्भमा ३० लाखकाे लगानि रहने छ । दैनिक ५००० प्याकेट पापड उत्पादन गरेर बजार सम्म पुर्याउने लक्ष राखेर सुरु गरिएकाे उध्याेगले स्थानिय बजार हुँदै अाफ्ना उत्पादन राष्ट्रिय स्तर सम्म पुर्याउने बताईएकाे छ ।