गौरादहमा कोरोना परिक्षण गरेर डुल्दा स्थानीय त्रसित

गाैरादहमा काेराेना परिक्षणकाे रिपाेर्ट नअाएका बिध्धुत का कर्मचारिहरु खुलेअाम डुल्दा स्थानिय त्रसित भएका छन । गौरादहमा ५ जनाको परिक्षण गरिएकाे छ तर रिपोर्ट अाएकाे छैन ।

काेराेना परिक्षणकालागी स्वाब पठाको छ रिपाेर्ट अाएकाे छैन । तर उनिहरु खुलेआम सबैतिर हिडिरहेका छन एक स्थानियले भने । त्यस्तै गाैरादहकाे बिध्धुत कार्यलयमा समेत तिनै कर्मचारिहरु काम गरिरहेका छन । कार्यालयमा सेवाग्राहिहरु आउने जाने क्रम पनि जारी छ , त्यसकाे अलावा तिनै कर्मचारिहरु मिटर रिडिङ्ग गर्न घर घर जान आजबाट सुरु गर्ने कुरा भैराको बुझिएकाे स्थानियहरुले बताए ।
यस्ताे कार्य देखिरहदा अत्याधिक लापर्वाहिले समुदायमा कोरोना फैलिने हाेकि भन्ने चिन्ताले स्थानियहरु त्रसित भएका छन ।
गाैरादहकाे बिध्धुत प्रधिकरण नजिकै बसाेवास भएका एक स्थानियले हामिलाई सम्पर्क गर्दै जोखिम धेरै बढ्ने प्रबल सम्भावना रहेकाे जानकारि दिए ।उनले भने अफिस बन्द गरौ भन्दा याहाबाट निर्णय गरेर बन्द गर्न मिल्दैन भन्छन , प्राधिकरणकाे माथिबाट पत्र आउनु पर्छ , कि नगरपालिकाले पत्र पठाउनु पर्छ अनि मात्रै बन्द गर्न मिल्छ भन्ने कुरा अाएकाे छ ।
दमककाे प्राधिकरण बन्द गरियाे , हाम्राे तिरपनि कम्तिमा रिपाेर्ट नअाउन्जेल कर्मचारिहरु बाहिर हिडडुल नगरिदिए राम्राे हुन्थ्याे । हामी छेउछाउका स्थानिय त्रसित छाैं , कृपया सम्बन्धित पक्षकाे ध्यान जावाेस्।