आज रातीदेखी दमकमा लकडाउन

दमक । झापाको दमकमा शनिबार राती १२ बजेदेखि भाद्र ६ गते राती १२ बजेसम्म लकडाउन हुने भएको छ । नगरपालिका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको नगरपालिकाले जनाएको छ । बैठकले लकडाउनका समयमा एम्बुलेन्स , सन्चारकर्मी , आपतकालिन सेवाका बाहेक सबै सवारीसाधन , बजार पसल बन्द गर्ने निर्णय गरेको उपप्रमुख गीता अधिकारीले जानकारी दिइन । दुग्ध पसलबाहेक सबै पसल बन्द रहने उनले बताइन् ।