कोरोना संक्रमणबाट साउनभित्र ६५ जनाको मृत्यु

काठमाडौं, । नेपालमा साउन महिनाभित्र कोरोना भाइरसको संक्रमणबाट ६५ जनाको मृत्यु भएको छ । जेठ र असार गरी दुई महिनामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा साउनमा ६५ जनाको मृत्यु भएको हो । कुल मृतक संख्या एक सय ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार १५ साउनयता संक्रमणबाट दैनिक मानिसको मृत्यु भइरहेको छ । विगतमा केही दिन बिराएर मृत्यु हुनेगरेकोमा गएको १८ दिनयता दैनिक कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । यसले संक्रमणबाट जोखिम बढेको देखिन्छ ।

नेपालमा २ जेठमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको हो । त्यसयता मृत्यु दर बढ्दै गएको छ ।