शिवसताक्षीमा पनि लकडाउन

झापा/झापाको शिवसताक्षी नगरपालिकाले पनि सोमबार मध्यराती १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । आसपासका पालिकाहरुमा कोरोना संक्रमण समुदायमै फलिन थालेकाले यसको सम्भावित जोखिम कम गर्न शिवसताक्षी नगरपािलकाले पनि आशिंक बन्दाबन्दी अर्थात लकडाउन गर्ने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बोर्ड बैठकले १० दिन अर्थात आगामी १० भाद्र सम्म लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । यस अघि पठनपाठन नभउपनि सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय सम्म जानै पर्ने व्यवस्था गरिएकोमा नगरपालिकाको यो निर्णयसंगै उनीहरु विद्यालय जानु नपर्ने भएको छ । नगरपालिकाले आफ्ना कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाइ अनिवार्य परिचयपत्र साथमा लिएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।
लकडाउन अवधिभर नगरभित्रका बजारमा औषधि पसल बाहेक अन्य पसलहरू सञ्चालन गर्न नपाइने निर्णय भएको नगरपालिकाका प्रवक्ता नविन इजमले जानकारी दिए । लकडाउन अवधिभर नगरवासीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।