तिलगंगा आँखा अस्पतालका एक डाक्टरसहित तीन जनामा कोरोना संक्रमण

काठमाडौँ – तिलगंगा आँखा अस्पतालका एक डाक्टरसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक चिकित्सक र दुई जना ‘आई वर्कर’ मा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक भगिरथ बानियाँले जानकारी दिनुभयो ।

अहिले इमरजेन्सी बाहेकको अन्य सेवा बन्द गरिएको छ । संक्रमित दुई जना होम आइसोलेसनमा र एक जनाको अस्पतालको आइसोलेनसमा उपचार भइरहेको छ । उनीहरूको सम्पर्कमा आएका ६९ जनाको स्वाब संकलन गरिएको र पीसीआर परीक्षणका लागि पठाइएको निर्देशक बानियाँले बताउनु भयो ।

“स्वाब संकलन गरेकामध्ये कोहीलाई कोरोना पोजिटिभ देखियो भने थप अरूको पनि स्वाब संकलन गरेर परीक्षण हुन्छ”, उनले भने, “नियमित सेवा सुचारू हुन पीसीआर रिपोर्ट आएपछि मात्र हुन्छ ।” कहाँबाट कसरी संक्रमण फैलियो भन्नेबारे तत्काल केही भन्न नसकिने उनको भनाई छ ।

अस्पतालमा उपचारका लागि आएका बिरामीबाट वा कर्मचारीबाट संक्रमण फैलियो भन्नेबारे जानकारी हुन नसकेको बानियाँले बताउनु भयो ।