झापाका २० सहित प्रदेश १ मा आज १ सय ३९ जना कोरोना सङ्क्रमित थपिए

सुनसरी । प्रदेश १ मा आज १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा सबैभन्दा बढी १ सय ५ जना रहेका छन् । यस्तै, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

विवरण अनुसार मोरङको विराटनगरमा ९६ जना सङ्क्रमित भएका जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको प्रदेश १ बाट आज ३४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको
प्रदेश १ मा आज २ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिए हाल सम्म ७० हजार १ सय २ जनाको पीसीआर परीक्षण भएको प्रदेश १ सामाजिक विकास मन्त्रालय ले जनाएको छ ।