मिडिया लगानीकर्तालाई सहुलियत दरमा ऋण दिने आश्वासन : सञ्चारमन्त्री खतिवडा

झापा । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बुधबार एक भर्चुअल समारोहमा सर्वेक्षण प्रतिवेदन विमोचन गर्दै सञ्चारगृहलाई परेको असर कम गर्न सरकारले मिडिया लगानीकर्तालाई सहुलियत दरमा ऋण प्रदान गर्ने आश्वासन दिनुभयो ।
नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री खतिवडा यस्तो बताउनु भएको हो ।
यसका लागि आवश्यक तयारी भैरहेको भन्दै उहाँले पत्रकारलाई परेको असरका सम्बन्धमा सरकार आफै पनि अध्ययन गर्दैछ यसकालागी इन्ष्टिच्यूटले प्रकाशित गरेको राष्ट्रिय प्रतिवेदन सरकारको अध्ययनका लागि सहायक हुने मन्त्री खतिवडाले बताउनुभयो ।
विक्रम सम्बत २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पुर्‍याएको देखाएको छ ।
कोभिड १९ का कारण आम पत्रकारको अवस्था अहिले नाजुक भएको छ । कतिपय पत्रकार कोभिड १९ बाट संक्रमित भएका छन् । सन्चारगृहको अवस्थापनि उस्तै छ यस्तो अवस्थामा सरकारले पिडित पत्रकार र सन्चारगृहकालागी सहयोग गर्नुपर्ने क्षेत्रीय संचार श्रोतकेन्द्र विराटनगरका परामर्श समितीमा अध्यक्ष मोहन भण्डारीले बताउनुभयो ।
नेपाल प्रेस इन्स्टिच्युट र बर्नमथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुको आर्थिक, मानसिक र मनोवैज्ञानिक रुपमा गम्भीर असर पारेको प्रतिवेदनमा ररम्रो संग समेटीएकोले यसैको आधारमा सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिकरुपमा प्रभावित भएका छन् जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।
नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष नीककण्ठ उप्रेतीले सर्वेक्षणमा विपत्सँग जुध्ने पत्रकारहरुको क्षमतालाई स्वमूल्यांकनको आधारमा नेट प्रोमोटर स्केल विधिबाट मापन गरिएको थियो जसले पत्रकारहरुमा विपतको तयारी कमजोर रहेको देखाएको जनाउनुभएको छ ।

पत्रकारहरुलाई तालिमलगायतका क्षमता विकासमा स्रोतसाधनको लगानी आवश्यक रहेको समेत प्रतिवेदनमा औल्याइएको जनाउँदै अध्यक्ष उप्रेतीले विपतको समयमा पत्रकारिता क्षेत्रको क्रियाशीलताका लागि सरोकारवालाहरुको लागि विभिन्न सिफारिससमेत सर्वेक्षण प्रतिवेदनमा गरिएको उल्लेख गर्नुभयो ।

महासचिव लक्ष्मण हुमागाईले सर्वेक्षणमा सघाउने सबै पत्रकार तथा सहयोगी संस्थाहरुप्रति आभार प्रकट गर्दै आम सञ्चार शिक्षा तथा यससम्बन्धी नीति निर्माणमा यस सर्वेक्षणले सघाउने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघले पनि महामारीले पत्रकारमा परेको प्रभावबारे अनुसन्धान गर्न लागेको बताउँदै आज सार्वजनिक प्रतिवेदनले आगामी खोज अनुसन्धानलाई आधार सिर्जना गरेको उल्लेख गरे।
गएको असार २६ देखि साउन ९ गतेसम्म सातवटै प्रदेशबाट सबै खालका सञ्चारमाध्यमको प्रतिनिधित्व हुने गरी एक हजार १३४ जना क्रियाशील पत्रकारका बीचमा सर्वेक्षण गरिएको थियो।सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारहरूले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारहरूले आफूहरू दुःखमा परेको प्रतिक्रिया दिएका थिए। २५ प्रतिशत पत्रकारले आफूहरू चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन्।

पत्रकारहरूलाई तालिमलगायतका क्षमता विकासमा स्रोतसाधनको लगानी आवश्यक रहेको समेत प्रतिवेदनमा औँल्याइएको छ। त्यसबाहेक विपत्को समयमा पत्रकारिता क्षेत्रको क्रियाशीलताका लागि सरोकारवालाहरूको लागि विभिन्न सिफारिससमेत सर्वेक्षण प्रतिवेदनमा गरिएको नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बताउनुभयो ।